५० रुपैयाँले घट्यो किविको मूल्य, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज किविको मूल्य ५० रुपैयाँले घटेको हो ।

आज नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४५ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९२ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला (लोकल) २० रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १००, मकै बोडी ९०, घिउ सिमी लोकल १३०, घिउ सिमी राजमा १४०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ८०, लौका ७०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ७०, चिचिण्डो ६० रुपैयाँ, घिरौला ९०, झिगुनी ६०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १३०, स्कुस ७० रुपैयाँ, रायो साग २०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १४०, कन्य च्याउ २००, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १२०, ब्रोकाउली १४०, चुकन्दर ६०, सजिवन ५००, रातो बन्दा ६०, जिरीको साग ४००, सेलेरी २००,पार्सले ५०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १००, हरियो लसुन १४०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार ३५०, आँप (मालदह) १२०, आँप (दसहरी) १२०, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ६०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा खरिदबिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्