काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।