क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार, ८ दिनको उपचारपछि डिस्चार्ज हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

शाक्यको डिस्चार्ज भए पनि उपचार भने जारी रहनेछ । जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । त्यस्तै, ढाडको एउटा हाड र देब्रेपट्टि तीन वटा करङका हाड भाँचिएको थियो । यमआरआई गर्दा खासै जटिलता नदेखिएकाले मेरुदण्डको अपरेशन भने भएन ।

अस्पताल भर्ना भएका शाक्य ८ दिनको उपचारपछि डिस्चार्ज हुन लागेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्