पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लहान-ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशबारी चोकबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उनीहरुलाई पक्रानउ गरिको हो ।

भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्