बिहीबार डल्ले च्याउको मूल्य, बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज डल्ले च्याउको मूल्यले बढेको हो ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २४ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ,भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, घिउ सिमी राजमा १२०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ५०, भिण्डी ४०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ, रायो साग १००, पालूगो साग १२० र  तोरीको साग ६० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १७०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९००, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग १५०, सेलेरी ३००, पार्सले ८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १३०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ८०, हरियो लसुन १५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

बिहीबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३८०, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर(कालो) ४५०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५००, शरीफा २८० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्