डलरको मूल्य स्थिर हुँदा शुक्रबार पाउण्डको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्