आठ सय रुपैयाँले बढ्यो बुधबार सुनको मूल्य, प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्