सोमबार तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन सय रुपैयाँले घटेर एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्