६ सय रुपैयाँले घट्यो मंगलबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर एक लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १९ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्