ब्रोकाउलीको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज ब्रोकाउलीको मूल्य बढेको हो ।

बुधबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ५४ रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १००  रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो २५, तने बोडी ५०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, टाटे सिमी ७०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ५०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ५०, स्कुस २० रुपैयाँ, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २१०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १३०, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २००, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको २६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बुधबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो १५, निबुवा ५०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्