१५ सय रुपैयाँले बढ्यो शुक्रबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोलाएक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ सय रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्