काठमाडौँ । काभ्रेपलाञ्चोकको बाढीपहिरोमा परी ७७ जनाले ज्यान गुमाएका छन् । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् ।
तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।
यसैबीच हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्