गाडी दुर्घटनामा नवजात शिशुको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। गाडी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीका अनुसार लुंग्री गाउँपालिका(१ छिउधरका अमृत रोका, उनकी‍ सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान दुर्घटना भएको थियो।

घाइते शिशुको उपचारको क्रममा बुधबार प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्