१४ किलो अवैध चाँदीसहित दुई जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । १४ किलो अवैध चाँदीसहित दुई जना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्