भारतमा चक्रवात ‘दाना’ ओडीशाको तटीय क्षेत्रतर्फ बढ्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतमा चक्रवाती आँधी (दाना) ओडीशाको तटीय क्षेत्रमा बज्रिन थालेको छ । ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी पनि आउन सक्ने भारतीय मौसम विभाग आईएमडीले चेतावनी दिएको छ ।

ओडिशाको झन्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ । आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी (दाना)पछिल्लो ६ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिममा सरेको र त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बीचमा पुगेको छ ।

यस अवधिमा हावाको गति झन्डै १ सय १० किलोमिटर प्रतिघण्टा थियो । आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बङ्गालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बङ्गालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको खबरमा उल्लेख छ ।

ओडिशाका मुख्यमन्त्री मोहन माझीका अनुसार चक्रवात ुदानाु का कारण राज्यका झन्डै ६ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । चक्रवाती आँधी ुदानाु का कारण पश्चिम बङ्गाल र ओडिशाका हवाई, रेल र सडक तीन वटै प्रकारका यातायात सेवा प्रभावित भएका छन् । सरकारले आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि दुई सय ८८ टिम तैनाथ गरेको बताएको छ । एजेन्सी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्