नर्वेमा सामाजिक सञ्जाल प्रयोग गर्न न्यूनतम १५ वर्ष उमेर पुग्नुपर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नर्वेले सामाजिक सञ्जाल प्रयोग गर्नका लागि न्यूनतम १५ वर्षको उमेर सीमा लागू गर्ने भएको छ ।

नर्वेले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा बढाएर १५ वर्ष पुर्‍याउन लागेको बेलायतको अखबार द गार्जियन ले जनाएको छ । प्राविधिक कम्पनीहरू साना बालबालिकाको दिमागविरुद्ध खडा भएको सरकारको दाबी छ ।

नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले बालबालिकालाई ‘अल्गोरिदम’ को शक्तिबाट जोगाउन राजनीतिज्ञहरूले हस्तक्षेप गर्नैपर्ने बताइएको खबरमा उल्लेख छ । प्रधानमन्त्री जोनासले सामाजिक सञ्जाल प्लेटफर्महरू उद्योगद्वारा दुरुपयोग भइरहेको र यसले प्रयोगकर्ताहरूलाई एकल दिमाग र शान्त बन्न अग्रसर गरिरहेको बताए ।

नर्वेमा अहिले समाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर सीमा १३ वर्ष छ । यद्यपि आधाभन्दा बढी नौ वर्षका बालबालिका, ५८ प्रतिशत १० वर्षका र ७२ प्रतिशत ११ वर्षका बालबालिका सामाजिक सञ्जालमा रहेका नर्वेको सञ्जार प्राधिकरणले जनाएको छ ।एजेन्सी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्