काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको लाइसेन्स परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् ।
पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए । यसमध्ये ३३१ जना उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए। जसमध्ये १६९ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ । त्यसका लागि १ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।पुनर्योगका लागि इच्छुक परीक्षार्थीहरूले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।