काठमाडौँ । इजरायलले गरेको हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जनाको ज्यान गएको छ । इजरायली सेनाले गएराति गरेको बमबारीबाट ५३ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हवाई आक्रमणबाट बालबेक शहरको एउटा आवासीय भवन ध्वस्त भएको छ । इजरायलले हिजो दक्षिणी बेइरुतमा पनि हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच हिजबुल्लाहका लडाकुहरूले लेबनानबाट इजरायलतर्फ हानेको रकेटबाट एक इजरायली नागरिकको ज्यान गएको खबरमा उल्लेख छ ।एजेन्सी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्