१० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिदैँ सरकार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापनक कार्यालयले भोलि (बुधबार) १० अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण लिने गरी सूचना निकालेको हो । आन्तरिक ऋण उठाउने सरकारले विकास ऋणपत्र २०८७ नामको ऋणपत्र जारी गर्दैछ ।

सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । सरकारलाई ऋण दिन चाहनेले बुधबार बिहान १० बजेदेखि २ बजेसम्म कार्यालयको अनलाइन प्रणालीमार्फत् कबोल पेश गर्न सक्नेछन् ।

यसरी ऋणपत्र बिहीबार निष्काशन हुनेछ । संस्था वा व्यक्तिले खरिद गरेको ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ भने ६ वर्षपछि अर्थात् २०८७ कात्तिक २९ गतेमात्र सावाँ भुक्तानी हुनेछ ।

इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् ।

चालु आर्थिक वर्षको हालसम्म सरकारले १ खर्ब ३९ रुपैयाँबराबरको आन्तरिक ऋण लिइसकेको छ । बुधबार जारी हुने समेत गर्दा सरकारले लिएको आन्तरिक ऋणको आकार १ खर्ब ४९ अर्ब पुग्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्