काठमाडौँ । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
एक विवाह समारोहबाट फर्कंदै गरेको २५ यात्रु बोकेको बस मंगलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ। उद्धारका लागि घटनास्थलमा खटिएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए । अहिलेसम्म १४ जनाको शव निकालिएको छ । १० जना अझै हराइरहेका छन् ।”
गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । रासस/एएफपी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्