कार दुर्घटनामा घाइते भएका इक्वेडरका २२ वर्षीय फुटबलर मार्कोको निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कार दुर्घटनामा परी घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल टोलीका सदस्य मार्को एन्गुलोको निधन भएको छ । २२ वर्षीय फुटबलर मार्कोको उपचारका क्रममा निधन भएको एलडीयू क्विटो क्लबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ मा कार दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए ।

मार्कोको निधनप्रति इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै उनी उत्कृष्ट खेलाडी मात्र नभएर उत्कृष्ट साथी पनि रहेका बताएको छ । सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मार्कोले तीन वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै उनले एलडीयू क्विटो क्लबबाट १६ वटा खेल खेलेका छन् ।

रिपोर्टका अनुसार कार दुर्घटनामा इन्डिपेन्डिएन्ट डेल भ्याले क्लबका फुटबलर रोबार्टो बाजेजास र मार्कोका साथी भिक्टर कार्कोपाको पनि निधन भएको छ । त्यति बेला कारमा अन्य दुई जना रहे पनि उनीहरूको अवस्थाबारे थाहा नभएको खबरमा उल्लेख छ । एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्