काठमाडौँ । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात गरिएको हो ।
भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुुन् ।परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रमका बीच विद्युत निर्यातको उत्घाटन गरिएको हो । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो फिचर