एक सय रुपैयाँले घट्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्