काठमाडौँ । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताएका छन् । उनले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताउनुभएको खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ ।