काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।
प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने तयारी गरिएको छ । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनी विरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्