काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । शुक्रवार वीरगञ्जबाट पोखरा जाँदैबस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ब्रेक फेल भई दुर्घटना हुँदा बस सडक छेउको खोल्सामा पल्टिएको थियो । बसमा सवार १८ यात्रुमध्ये चालकसहित १७ जना घाइते भएका उनले जानकारी दिए।
घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्