सिनामंगलको होटलमा मृत भेटिएका युवा–युवती दम्पति भएको खुलासा, हिजोमात्रै फर्किएका थिए क्यानडाबाट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका छन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले जानकारी दिए ।

उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्