काठमाडौँ । रुसले पहिलोपटक युक्रेनले गरेको अमेरिकी मिसाइल आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । मिसाइलले कुस्र्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।
अमेरिकाको ‘प्याट्रियट डिफेन्स सिस्टम’ जस्तै क्षमता भएको एस–४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको थियो । हालैमात्र अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको थियो । त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति पनि दिएको थियो ।
युक्रेनले कुस्र्क क्षेत्रमा केही रुसी सैन्य अखडालाई निशाना बनाएको बताएको थियो । त्यसपछि रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
यसैबीच, रुसले सोमबार राति १८८ ड्रोनबाट आक्रमण गर्दा केही आफ्ना केही संरचनामा क्षति पुगेको युक्रेनी वायुसेनाले बताएको छ ।
गत हप्ता रुसले युक्रेनमाथि शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको बताइएको छ । (बीबीसी)
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्