काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरचोकमा बिहीबार (आज) बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् । निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा घाइते जितेको उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ । रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्