काठमाडौँ । मङ्सिर ७ मा काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको कलेजोको समस्याको कारण मृत्यु भएको खुलेको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको पोस्टमार्टम रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको हो ।
उनको शव बोकेर हिँड्ने बझाङ घर भएका २२ वर्षीय कवीन्द्र बोहरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बोहराले शव काँधमा बोकेर सडकमा फालेका हुन् ।
सुर्खेतीको हत्यामा संलग्न आशंकामा पक्राउ गरिएका युवक यसअघि पनि धेरै पटक अपराधमा संलग्न भएर पक्राउ परेका थिए । यसअघि उनी १० पटक पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । ।
उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्