काठमाडौँ । भूतपूर्व अमेरिकी सैनिक नरेश भट्टले श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप लागेको छ । नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अदालतमा बहस हुने भएको छ । सोमबार उनीमाथि हत्या र शव लुकाएको अभियोग लागेको हो ।
मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको थियो । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ ।
नरेशले गुगलमा ‘श्रीमती मरेको कति समयपछि विवाह गर्न पाइन्छ ?’ ‘भर्जिनिया राज्यमा श्रीमती हराएमा के कानुन छ ?’ भनेर सर्च गरेको पनि प्रहरीले जनाएको छ । यसबाहेक उनले वालमार्टबाट तीन वटा चक्कु र घर सरसफाइ गर्ने प्रशस्तै सामान खरिद गरेको प्रमाण प्रहरीले संकलन गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्