पर्सामा सकियो रवि लामिछानेको बयान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अनुसन्धानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति रवि लामिछानेसँग मंगलबार चार घण्टामै प्रहरी बयान सकिएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।

सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई ५४ वटा प्रश्न गरिएको थियो । बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई कास्कीबाट सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कास्की प्रहरी हिरासतमा राख्ने म्याद बुधबार सकिने हुनाले बुधबार बेलैमा पोखरा पुर्‍याउने तयारी छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्