काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ पाखागाउँमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भन अन्य चारजना घाइते भएका छन्।
मृत्यु हुनेमा सिस्ने ६ खोपिचारकी १२ वर्षीया विष्णु बुढामगर रहेकी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा सिस्ने गाउँपालिका ६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका ५ का ४० वर्षीय टोपबहादुर कार्की घाइते भएका छन्।
गम्भीर घाइते अवस्थाका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ। अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए।
अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्