पोखराका बहालवाला जनप्रतिनिधिका सन्तानलाई छात्रवृत्ति दिने कार्यविधि संशोधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पोखरा महानगरपालिकाका बहालवाला जनप्रतिनिधिका सन्तानलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति दिने कार्यविधि नै संशोधन गरिएको छ । यसअघि कर्मचारीका सन्तानलाई मात्र छात्रवृत्ति दिने व्यवस्था भएकोमा जनप्रतिनिधिका सन्तानलाई पनि समेट्ने गरी कार्यविधि संशोधन गरिएपछि विरोध भएको छ । विरोधपछि महानगरले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आह्वान गरेको सूचना स्थगित गरेको हो।

पोखरा महानगरबाट प्रदान गरिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न नगर प्रमुखको संयोजकत्वमा छात्रवृत्ति व्यवस्थापन समिति बनाइएको छ । सोही समितिको पुस २ गते बैठकले छात्रवृत्तिका लागि जनप्रतिनिधि र कर्मचारीका सन्तानबाट आवेदन माग गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार पुस ४ गते सूचना जारी गरी १५ दिनभित्र आवेदन दिन भनिएको थियो ।

तर सर्बत्र विरोध भएपछि आज बिहान पोखरा महानगरपालिकाले सूचना जारी गरी मेयर धनराज आचार्यको निर्देशन अनुसार आवेदन आह्वानका लागि जारी गरेको सूचना स्थगित गरिएको जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्