काठमाडौ । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।
दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानाकरी दिए ।
इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी उनले गरे ।
नेपाल एअरलायन्सले दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउने छन् ।