रुसी तटमा क्षतिग्रस्त ट्याङ्करबाट चुहिएको तेलबाट दुई लाख टन माटो प्रदूषित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । रुसको दक्षिणी तटमा दुई वटा क्षतिग्रस्त ट्याङ्करबाट चुहिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको रुसका प्राकृतिक स्रोतमन्त्रीले जानकारी गराउनुभएको छ । डिसेम्बर १५ तारिखमा दुई वटा रुसी तेल ट्याङ्कर आँधीबेहरीका कारण पल्टिएका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।

रुसी अधिकारीहरूका अनुसार दुई वटा जहाजमा नौ हजार दुई सय टन इन्धन तेल थियो । त्यसमध्ये झन्डै ४० प्रतिशत समुद्रमा र बाँकी तटीय क्षेत्रमा चुहिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई पर्यावरणीय विपत्ति भनेका समाचार संस्था एएफपीले जनाएको छ । कैयौं किलोमिटरको समुद्री तटमा इन्धन तेल फेला परेको छ । तेलले समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको छ ।

हिजो बेलुकासम्म सबैजसो तटीय क्षेत्र सफा गरिसकेको रुसी अधिकारीहरूले बताएका छन् । एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्