काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा एक हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये पहिलो चरणमा महिला ६ सय जना र पुरुष चार सय जना रहेका छन् ।
इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो । त्यतिखेर इजरायल र हिजबुल्लाहबीचको लडाइँले थप तनाव बढेपछि सरकारले तत्कालको लागि इजरायल पठाउने प्रक्रिया स्थगित गरेको थियो ।
इजरायल र हिजबुल्लाहबीच युद्ध विराम भएपछि परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थगित भर्ना प्रक्रियालाई अगाडि बढाएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्