काठमाडौँ । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त सहकारी घोषणा भएको छ । मंगलबार कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
गत १८ पुसमा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेका अनुसार समस्याग्रस्त घोषणा भएको अम्बे कोशी सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारले गठन गरेको समितिले गर्नेछ ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर ठगी आरोपमा एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । मगरसहित सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।