आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट उद्योग,तीन महिनादेखि उत्पादन बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कटका कारण सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मत गरी गएको मङ्सिरको पहिलो हप्ताबाटै उत्पादन शुरू गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरू गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन भन्दै उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरू गर्ने भन्ने अन्योल बढेको बताए । उत्पादन ठप्प भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्चलगायतका नियमित खर्च भइरहकाले आर्थिक समस्या बढ्दै गएको उनको भनाइ छ ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्