काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको हो। लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।
सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।
सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्