काठमाडौँ । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नेपाललाई दोषी ठहर गरेको हो ।
नेपालले जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि पेस गरेको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली प्रमाणित भएको हो । सो प्रमाणपत्र पेस गरेर उनले बढुवा समेत लिएका थिए ।
उनलाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ७ गने विशेष अदातमा मुद्दा दायर गरेका थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्