काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो ।
यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने योजना भए पनि देशको विषम परिस्थिति भएकाले स्थगित गरिएको थियो । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत दिन सकिनेछ ।
आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गते बन्द हुनेछ । यस आईपीओका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ जारी गरिसकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्