Skip to content

स्वयम्भू इन्टरनेशनल कलेजद्धारा आफ्ना टपर विद्यार्थीहरुलाई छात्रवृति प्रदान

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। प्राइम सिएद्वारा प्रवर्धित स्वयम्भू इन्टरनेशनल कलेज, लगनखेल ललितपुरले एक भव्य र उत्साहपूर्ण वातावरणमा “बृहत छात्रवृत्ति तथा पुरस्कार वितरण समारोह” सम्पन्न गरेको छ । त्रिविबाट सम्बन्धन प्राप्त यस कलेजमा संचालित बिसिए, बिबिएम, बिबिएस र एमबिएस कार्यक्रम अन्तर्गत अध्ययनरत उत्कृष्ट, परिश्रमी र अनुकरणीय नतिजा हासिल गर्ने विद्यार्थीहरूको सम्मान र प्रोत्साहनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।

यस कार्यक्रममा शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता तथा सर्वाङ्गीण व्यक्तित्व विकासमा उल्लेखनीयउपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरू प्रदान गरिएको थियो । यसअवसरले विद्यार्थीहरूलाई अझ मेहेनत गर्न, आफ्नो क्षमता प्रदर्शन गर्न र भविष्यमा शैक्षिक र व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन प्रेरणा दिने विश्वास लिइएको छ ।

कार्यक्रमलाई क्याम्पस प्रमुख, कार्यक्रम संयोजक, कलेज व्यवस्थापनका पदाधिकारीहरू, प्राध्यापकहरू र सम्बन्धित विद्यार्थीहरूको उपस्थितिले विशेष गरिमा प्रदान गरेको थियो। अतिथिहरूले आफ्नो मन्तव्यमार्फत कलेजको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ नवीनता, गुणस्तर र उत्कृष्टतासहित अघि बढ्न शुभकामना व्यक्त गरे। कलेजले गुणस्तरिय शिक्षाको अतिरिक्त विद्यार्थीहरुको लागि आवश्यक व्यवहारिक ज्ञानको लागि इन्टनसिपको पनि व्यवस्था गरेको छ ।

हालसम्म कलेजमा संचालित बिबिएम, बिसिए, बिबिएस र एमबिएस कार्यक्रम अन्तर्गत २५०० माथि विद्यार्थीहरु उतीर्ण भइसकेका छन । स्वयम्भू इन्टरनेशनल कलेज, ललितपुरले भविष्यमा पनि शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखी विद्यार्थीहरूको सम्पूर्ण क्षमताको विकासमा निरन्तर योगदान दिने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्