काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकसँग सो घटनाबारे आयोगले बयान लिन लागेको हो। आयोगले उक्त घटनाबारे सोधपुछ गर्न लेखकलाई पुस १३ गते उपस्थित हुन पत्राचार गरेको थियो। सोही अनुरूप उनी आज आयोगको कार्यालय पुगेका हुन्।
आयोगको पत्र प्राप्त भएपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टी नेतृत्वलाई गराइसकेका थिए।
बयान सकिएलगत्तै लेखकले पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत तय भएको छ। जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्