काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै आइतबार सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।
महतका अनुसार निर्वाचन आयोगले आफूहरूलाई औपचारिक रूपमा नसुनाई नजिर, विधान र निर्वाचनसम्बन्धी कानुनी प्रक्रिया नपालनी निर्णय गरेको ठहर समूहको छ। आयोगको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै अदालतमार्फत न्याय खोज्ने र त्यससँगै राजनीतिक प्रतिवादका विभिन्न स्वरूपबारे तयारी अघि बढाइएको उनले बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्