Skip to content

हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घट्यो

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ अहिलेसम्मकै उच्च २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेर ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार