Skip to content

चुमनुव्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्दै सुदन

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार सुदन गुरुङले घरदैलो अभियान सुरु गरेका छन् ।

गुरुङले गोरखाको चुमनुव्री गाउँपालिकाबाट मंगलबारदेखि घरदैलो अभियान सुरु गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले आफ्नो अभियान कुनै पदको चाहनाले नभई गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीका कारण सुरु गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु । यो यात्रा कुनै पदको चाहनाले होइन, गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हो ।”

उनले गोरखाले दिएको पहिचान, इतिहास र संस्कारलाई सम्मान गर्दै जनतामाझ आएको उल्लेख गर्दै विकास, सुशासन र इमानदार सेवामार्फत जनताको विश्वासको ऋण तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गुरुङले देशभन्दा ठूलो केही नभएको र जनताको सेवाभन्दा ठूलो सम्मान अरू केही नभएको उल्लेख गर्दै गोरखाको सम्मान, समाजको भविष्य र देशका लागि सँगै अघि बढ्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार