Skip to content

रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।

सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हुनेछ। यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो। साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाइएको थियो।

चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए। तर निर्वाचन आयोगले उनका उम्मेदवारी खारेज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार