काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आज बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् । लामिछानेको सचिवालयका अनुसार आज उनले चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नेछन् ।
खुट्टामा संक्रमण भएपछि काठमाडौंमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि आज बल्ल चितवन पुगेका हुन् । उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्