धनगढी, बैशाख २८ ।
लकडाउनको समयमा धनगढीमा गरगहना चोरी गर्ने र चोरीका गहना खरिद गर्ने पसल सञ्चालक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालीका वडा नं. ७ बस्ने राम बहादुर वि.क को श्रीमती ४५ वर्षिया रेखा वि.क को घरमा ढोका बन्द गरी बारीमा गएको मौका छोपि चोरी भएको थियो ।
उनको घरबाटै दराजमा रहेको सुनको तिलहरी २ थान, हातको बाला, मोबाईल, नगद रु.बिस हजार चोरी भएको थियो । उक्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटाईएको टोलिले तिन जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नम्बर १ बस्ने बर्ष २८ को श्याम जोशी, शिबनगर बस्दै आएका बेताल आरति सुनचादी पसल संचालक बर्ष २३ को कमलेश भन्ने सुजल खनाल र सोहि ठाउँका २८ वर्षिय पंकज घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय केलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । अहिले घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्